Posts

Showing posts from June, 2020

अमेरिकामा अहिले के चलिरहेको छ|

Image
‘अमेरिकामा अहिले के चलिरहेको छ ?’ मलाई नेपाली मित्रहरुले धेरैचोटि सोधे । उनीहरुले दुई महिनाअघि कोभिड–१९ को संक्रमण अमेरिकामा बढिरहेको समयमा यो प्रश्न सोधेका थिए । अमेरिकामा जर्ज फ्लोयडको मृत्यु र त्यसपछि शुरु भएको आन्दोलनपछि उनीहरुले यो प्रश्न गरेका हुन् । म एक अमेरिकी इतिहासकार हुँ भन्ने थाहा पाएका कारण यो प्रश्न सोधेका हुन् । 

सामुदायिक विद्यालय मा शैक्षिक सुधार गर्ने

Image
निजी विद्यालयको सामाजिक उत्तरदायित्वको रकम कोष बनाएर परिचालन गरिने  सामुदायिक विद्यालयको शैक्षिक सुधारको जिम्मा निजी क्षेत्रलाई दिने भन्ने बजेटको बुँदा नम्बर १६६ मा संसदमा व्यापक विवाद पछि उक्त नीति परिवर्तन हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उक्त विषयमा सांसदहरूले विरोध गरेपछि नीजि क्षेत्रको त्यस्तो रकम कोषमा राखिने बताएका छन् ताजा समाचार सुननाका लागी मलाई फलो गर्नुहोस|

कोरोना नियन्त्रण मा सरकार असफल

Image
कोरोना नियन्त्रणमा सरकार असफल भएको कांग्रेसको ठहर, प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने प्रमुख प्रतिपक्ष कांग्रेसले कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा कांग्रेसले सरकारको गल्ती कमजोरी औल्याउँदै लिनुपर्ने पहलकदमीबारे सरकारको ध्यानआकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ । 

कोरोना वाइरस नेपालमा प्रख्यात रूप लिदै! प्रमेशवर

Image
Image copyright . नेपालमा सोमवार ३१४ जना नयाँ सङ्क्रमित थपिएका छन्। स्याङ्जा जिल्लामा थप एकको कोभिड १९ का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। कोभिड- १९ का कारण मृत्यु हुनेको कुल सङ्ख्या १४ पुगेको छ। त्यसैगरी नेपालमा सोमवारसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या ३,७६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित फेसबुक लाइभ मार्फत् पुष्टि गरेका हुन्। सङ्क्रमण देशका ७६ मध्ये ७१ जिल्लामा फैलिइसकेको जानकारी पनि मन्त्रालयले दिएको छ। थप जानकारी का लागी मलाई फलों गर्नुहोस|

भारत बाट नेपालमा अएका नेपाली कोरोना संकट

Image
कोरोना संक्रमण (कोभिड–१९)को महामारी फैलिएपछि भारतबाट हालसम्म साढे ७ लाखभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । भारतमा कोरोना संक्रमण फैलिएसँगै बढेको त्रासका बीच २०७६ फागुन २५ यता ७ लाख ५३ हजार २ सय १९ नेपाली घर फर्किएका हुन् ।